मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरका विद्यालय यसरी सन्चालन भए (कुराकानी सहित)

पञ्चदेवल नगरका विद्यालय यसरी सन्चालन भए (कुराकानी सहित)


अछाम – जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका विध्यालयहरु १५ गतेबाट सन्चालनमा आएका छन ।

कोभिड १९ द्वारा उत्पन्न लामो समय सम्मको लकडाउनले प्रभावित शैक्षिक गतिविधिलाई निरन्तरता दिन नेपाल सरकारले ल्याएको शिक्षण सिकाई अवधारणा अनुसार नगरपालिकामा शैक्षिक गतिबिधीलाई निरन्तरता दिइएको हो।

स्वास्थ्य मापदण्डहरू जस्तो अनिवार्य मास्क प्रयोग , भौतिक दुरी कायम, बिध्यालयको गेटमा हात धुने सामाग्रीहरुको प्रयोग गरि शिक्षण सिकाई गरिरहेको बिध्यामन्दिर नमुना माध्यामिक बिध्यालय बिनायकका प्रधानाध्यापक वीर बहादुर शाहीले बताए ।

यस्तै बुधबारबाटै शिक्षण सिकाइलाई निरन्तरता दिएको नवज्योति माबी लयाँटीमा पनि स्वास्थ्य मापदण्डको पालन गरि बिध्यालय सन्चालन भएको छ ।

प्रधानाध्यापक खम्मराज बुढाका अनुसार बिध्यालयमा अनिवार्य साबुन पानीले हात धुने ब्यावस्था गरेको रएक बेन्चमा दुई जना बिध्यार्थीलाई राखी शिक्षण सिकाइलाई निरन्तरता दिइएको छ ।

यस्तै नगरका ९ वटै वडाका कतिपय बिध्यालयहरु सन्चालनमा आउन केही ढिलाई हुने भएको छ । आंक्षिक रुपमा बिध्यालय सन्चालन भएका पन्चदेवल नगरपालिका भित्र कतिपय ठाउँमा टोल शिक्षा सिकाइ गरिने नगरपालिकाका शिक्षा साखा संयोजक पहल सिंह नेपालीले बताए ।

रेडियो पन्चदेवल तथा सुदुरआज संग संक्षिप्त कुराकानी गर्दै शिक्षा साखा संयोजक नेपालीले काेिभड १९ लाई मध्यनजर गरि स्वास्थ्य मापदण्ड अपनाई बिस्तारै शैक्षिक गतिविधिलाई निरन्तरता दिने उनको भनाई छ ।

यसै बिच आज हामीले पञ्चदेवल विनायक नगरपालिकाका शिक्षा साखा संयोजक पहल सिंह नेपाली संग कोभिड १९ द्वारा प्रभावित शैक्षिक गतिविधिका विषयमा कुराकानी गरेका छौँ ।

सुनौ यो कुराकानी