अछाम । मालिका बिकास संघ अछामले पत्रकार धुर्ब बिसीको उपचारका लागि ४६ हजार रकम आर्थिक सहयोग गरेको छ । संस्थामा आबद्ध पदाधिकारी र कर्मचारीहरुबाट संकलन गरी जम्मा भएको ४६ हजार बढी रकम पत्रकार बिसीको खातामा जम्मा गरिएको छ । संस्थामा आबद्ध २० जनाले उपचारमा सहयोग पुगोस भनेर आर्थिक सहयोग गरिएको संघका रतन बहादुर रावलले बताए…