अछाम । मंगलसेन नगरपालिकाकी उप–प्रमुख संगीता रावल सोडारीले पछिल्लो समयमा प्रविधिबाट हुने हिंसा डरलाग्दो रूपमा बढिरहेको बताएकी छन्। विशेषगरी किशोरीहरू प्रविधि–आधारित हिंसाको सबैभन्दा बढी जोखिममा परेको भन्दै उनले यसको सही प्रयोगमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन्। महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मंगलसेन नगरपालिका–७ मा आयोजित कार्यक्रममा बोल्दै उप–प्रमुख रावलले, “मोबाइल सबैको हातमा छ, तर…