गाउँघरमा एउटा पुरानो मान्यता अझै पनि सुनिन्छ—‘पढेपछि खेतीपाती गर्नुहुँदैन, हातमा कुटो–कोदालो समात्नु हुँदैन र हिलो लाग्न दिनु हुँदैन ।’ यही सोचका कारण पछिल्लो समय धेरै किशोरकिशोरी तथा युवाको रोजाइ खेतीपातीभन्दा वैदेशिक रोजगारी बन्न थालेको छ । तर अछामको कमलबजार नगरपालिका–६, वीरपथ नौघाटेका शाही दिदीभाइ भने यो सोचलाई चुनौती दिँदै आफ्नै माटोमा पसिना बगाइरहेका छन् ।…