सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा राना निर्वाचित मेरिल्यान्ड (अमेरिका) — अमेरिकामा रहेका सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्ड को तेस्रो महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षमा गणेश भट्टराई, महासचिवमा हंस भट्ट, सचिवमा विश्व जैशी तथा…