बाजुरा: बाजुराको गौमुल गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा आयुर्वेद नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएका छन्। सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत जिल्ला आयुर्वेद बाजुराले संचालन गर्नेगरी केन्द्रको स्थापना भएको हो। नागरिक आरोग्य केन्द्रमा वैद्य र एक सहयोगी कर्मचारीका रुपमा कार्यरत रहने बताइएको छ। उनीहरुले सेवा केन्द्रबाट निःशुल्क औषधि वितरण, विरामी चेकजाँच र पूर्वकर्म÷पञ्चकर्म सेवा…