मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीमा दशैं–तिहार घरमै बसेर मनाउन आग्रह

बैतडीमा दशैं–तिहार घरमै बसेर मनाउन आग्रह

सुदूर आज

बैतडीमा दशैं–तिहारका बेला हुने मन्दिरमा आयोजना हुने मेला, जात्रा र बलि चढाउनमा रोक लगाइएको छ। आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले भीडभाड गर्ने, जात्रा मनाउने, बलि चढाउने कार्यमा रोक लगाउने निर्णय गरेको हो।

भीडभाड तथा मेला, जात्राले कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सबै किसिमका भिडभाड हुने कार्यक्रममा रोक लगाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। कोरोना संक्रमण बढ्ने भएकाले दशैं–तिहार घरमै बसेर मनाउन आग्रह गरिएको छ। यसका साथै सार्वजनिक यातायातमा अनिवार्य स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिइएको छ।

सार्वजनिक सवारीमा चैत ११ भन्दा अघि कायम रहेको भाडा मात्रै लिन पाउने जनाएको छ। दशैं–तिहारका बेला सामाजिक जमघट, खेलकुद, राजनीतिक दल तथा उनीहरुका भ्रातृ संगठनहरुलाई भीडभाड हुने गरी आमसभा गोष्ठी तथा शुभकामना आदानप्रदानका कार्यक्रम नगर्न आग्रह गरिएको छ।

बैठकले टेलटोलमा सचेतनामुलक माइकिंग गर्नुका साथै अनुगमन कार्य पनि जारी राख्ने निर्णय गरेको छ। यदि कसैले निर्णयको अटेरी गरे संक्रामक रोग ऐन २०२० तथा अन्य प्रचलित कानुनअनुसार कारवाही हुने चेनावनी समेत दिएको छ। थाहा खबर