धनगढी: सुदूरपश्चिममा आज ३६ जनामा कारोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज ३६ जनामा संक्रमण पुष्टि भएको हो। तीन वटै प्रयोगशालामा पछिल्लो २४ घण्टामा नौँ सय २१ जनाको कोरोना परीक्षण भएकोमा बैतडीका १७, कैलालीका १२, डोटीका ६ र बझाङका एक जनामा संक्रमण पुष्टि भएको छ। डडेल्धुरा प्रयोगशालामा…