मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको मेल्लेखमा विद्यालय सुचारु

अछामको मेल्लेखमा विद्यालय सुचारु


पठनपाठन सुचारु भएको मेल्लेखको जनता मावि

अछाम : मेल्लेख गाउँपालिकाका सबै विद्यालय आज देखि सामाजिक दुरी कायम राख्दै पठनपाठन सुरु भएको छ। कोरोना भाइरस कारण गत चैत देखि भदौसम्म विद्यालयको पठनपाठन कार्य अवरुद्ध भएको थियो।

यहि भदौ ३० गते मेल्लेखमा सरोकारवालासंगको शैक्षिक अन्तरक्रिया कार्यक्रममा दिएका सुझाव सल्लाह र बिद्यार्थी सिकाई निर्देशिका २०७७ अनुसार भौतिक दुरी कायम राख्दै बैकल्पिक उपाय मार्फत शिक्षालाई निरन्तरता दिने जनता माध्यमिक विद्यालय मेल्लेखका प्रधानाध्यापक नृप विकले बताए। उनले स्वास्थ सुरक्षाका सम्पर्ण मापदण्ड अपनाएर भौतिक दुरी कायम राख्दै कक्षा बर्गिकरण गरि पठनपाठनलाई निरन्तरता दिएको बताए। आज असोज ७ गते मेल्लेखका ४१ विद्यालय सञ्चालन भएका छन्।

ठाउँ परिस्थिति हेरेर सिकाइलाइ निरन्तरता दिने शैक्षिक क्षेत्रमा भएको क्षतिलाई कम गर्न विद्यालय सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताए। उनले भने ‘विद्यालय सञ्चालन गरेका छौ,स्वास्थ सुरक्षाका अपनाउनपर्ने मापदण्ड अपनाएका छौ। सबै विद्यालयलाई त्यहि अनुसार गर्नु भनेका छौ।’

६ महिना देखि बन्द रहेका विद्यालय सञ्चालन हुदा निकै खुशी लागेको कालिका माविमा कक्षा १० मा अध्ययनरत छात्रा सविना शाहले बताइन्। उनले भनिन् ‘विद्यालय सञ्चालन हुदा खुशी लागेको छ। विद्यालयमा क्वारेन्टाईनमा बनाएकाले कोरोनाको पनी डर लागेको छ।’

अछामको साँफेबगर नगरपालिका,मंगलसैन नगरपालिका,पञ्चदेवल बिनायक नगरपालिका र चौरपाटी गाउँपालिकाले पठनपाठन सञ्चालन गर्ने तयारीमा रहेका छन्। विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार विद्यालयमा पठनपाठन सुचारु गर्न तयारीमा स्थानीय तह रहेका शिक्षा समन्वय ईकाई प्रमुख लक्षमण गिरीले जानकारी दिए। उनले भने ‘निर्देशिका अनुसार प्रबिधिको पहुँचमा नभएका विद्यालयहरुमा पठनपाठन सुचारु गरिएको छ।

भीडभाड नगरी कक्षागत पालो प्रणालीका आधारमा विद्यालयलाई सिकाई केन्द्रको रुपमा लिएको छ। अहिले विद्यालय खुले भन्न मिल्दैन। निर्देशिका अनुसार सिकाई सहजिकरणका लागी सिकाई केन्द्रका लागी विद्यालयलाई मात्र प्रयोग गरिएको हो।’