मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हरिनगर बजारको शान्ति सुरक्षा अबस्थाबारे सर्वपक्षिय छलफल

हरिनगर बजारको शान्ति सुरक्षा अबस्थाबारे सर्वपक्षिय छलफल


अछाम – मंगलसेन नगरपालिका अस्थायी प्रहरी पोष्ट ठुलासैनमा सर्वपक्षिय छलफल सम्पन्न भएको छ । हरिनगर बजार ब्याबस्थापन समिती ठुलासैन र प्रहरी पोष्ट ठुलासैनको आयोजनामा भएको भएको सर्वपक्षिय छलफलमा ठुलासैन बजारको फोहोर ब्याबस्थापन, अबैध घरेलु तथा न्युन गुणस्तरको मदिरा तथा बजार क्षेत्रबाट आवात जावात हुने सवारी साधनको गति सिमीतका बिषयमा छलफल गरिएको थियो ।

प्रहरी पोष्ट ठुलासैनका ईञ्चार्ज दान सिंह महराको अध्यक्षतामा भएको छलफलमा सहभागि जनप्रतिनीधी, ब्यापारी तथा संञ्चारकर्मिले ठुलासैन बजारमा हुने बिसगँती विकृति सहीत अबैध घरेलु मदिराको बिक्रि वितरण तथा सेवन प्रहरी आईसकेपछी निकै कमि आएको बताउनु भएको छ ।प्रहरीले गर्ने हरेक सकारात्मक कार्यक्रमा आफ्नो तर्फबाट पुर्ण रुपमा सहयोग रहने सहभागि ब्यापारीले प्रतिबद्धता जनाएका छन । सहभागि सबैको जिज्ञासको उत्तर दिदै वडा नम्बर ६ का वडा अध्यक्ष जनकराज भण्डारीले नमुना ब्यक्तिको पहिचान आफैबाट सुरुवात गर्न सकिने बताए ।

ठुलासैन बजारको शोभा दिनका लागि सबैभन्दा पहिले ब्यापारी जिम्मेवार बन्नु पर्नेमा जोड दिदै हरेक सकारात्मक अभियानमा आफ्नो साथ सहयोग रहने बताउनु भयो । एकले अर्कालाई दोष थुपार्नु भन्दा सबै जिम्मेवार बनि ब्याबसाय दर्ता गरेर मात्र ब्यापार ब्याबसाय संञ्चालन गर्न आग्रह गरे।

छलफलमा ठुलासैन प्रहरी चौकीका ईञ्चार्ज दान सिंह महाराले प्रहरीको तर्फबाट मात्र हरेक काम सम्भव नभएकाले सबैको साथको आवश्यकता रहेको बताउनु भयो । न्युन गुणस्तर तथा अबैध घरेलु मदिरा नियन्त्रणको कार्य प्रहरीले पहिलो प्राथमिकतामा राखेकाले नियन्त्रण कार्यमा सबैलाई साथ दिन अपिल गरे।

आफ्नो कार्यकालमा शान्ति सुरक्षा कायम गर्नका लागि कुनै कसुर बाकी नराख्ने बताउनु भयो । साथै सर्वपक्षिय भेला प्रत्येक महिनाको पहिलो र अन्तिम शनिबार बिहान १ घण्टा बजार सरसफाई गर्ने, ठुलासैन बजारमा रात्रि बसोबास गर्ने गरि होटेलमा बस्ने ग्राहकको नाम, ठेगाना र सम्पर्क नम्बर सहित होटल ब्याबसायिले ईन्ट्री गरेर राख्नु पर्ने, बजार क्षेत्रमा ओहोरदोहोर गर्ने गाडि तथा मोटर साईकललाई एकदम कम गति समिती सहित गतिमा मात्र गुडाउन दिने लगाएत निर्णय समेत पारित गरिएका छन ।

छलफलमा मंगलसेन नगर कार्यपालिका सदस्य भावना विक, वडा सदस्य देबेन्द्र प्रसाद भण्डारी, उद्योग वाणिज्य सँघ सदस्य सेतिराम भण्डारी, हरिनगर बजार ब्यास्थापन समिती ठुलासैनका अध्यक्ष हेमराज भण्डारी लगाएत सम्पुर्ण ब्यापारी, संञ्चारकर्मिको सहभागिता रहेको थियो । बैठकको संञ्चालन भवानि प्रसाद भण्डारीले गर्नु भएको थियो ।