बाजुरा : बाजुराको त्रिवेणी नगरपालिकाले जिल्लाबाहिर रहेका विद्यार्थीलाई आर्थिक सहयोग गर्ने भएको छ। नगरपालिकाले जिल्ला बाहिर लकडाउनका कारण समस्या परेका विद्यार्थीलाई दुई/दुई हजार सहयोग गर्ने भएको हो। सोमबारको नगरपालिकाको बैठकले लकडाउनका कारण समस्यामा रहेका विद्यार्थीहरुलाई प्रति विद्यार्थी दुई हजारका दरले रकम पठाउने निर्णय गरेको हो। काठमाण्डौं, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्दनगर लगायतका शहरमा रहेका विद्यार्थीहरुलाई सो…