मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरपाटी गाँउपालिकामा ६ सय २४ जना गाँउ भित्रिए, कोरोना परिक्षणका लागि श्वाब संकलन तिव्र पारिदैँ

चौरपाटी गाँउपालिकामा ६ सय २४ जना गाँउ भित्रिए, कोरोना परिक्षणका लागि श्वाब संकलन तिव्र पारिदैँ


अछाम । चौरपाटी गाँउपालिकामा ६ सय २४ जना गाँउ भित्रिएका छन् । गाँउपालिकमा छिमेकी मुलुक भारत तथा देश भित्रका अन्य ठाँउबाट नागरिकहरु घर फर्किएका हुन । जेठ २२ गते सम्मको तथ्यांक अनुसार गाँउपालिकामा फर्किनेहरु मध्ये ८७ महिला र ५३७ पुरुष रहेका छन् ।

फर्किएका सबै नागरिकलाई प्रत्येक वडाका विभिन्न विद्यालयमा बनाईएका क्वारेन्टीन राखिएको छ । क्वारेन्टीनमा बसेका उनिहरुको आरडीटी र पिसीआरका परिक्षणका लागि स्वाब संकलन गर्ने कार्य तीव्ररुपमा अघाडी बढाईएको छ ।

यसैबिच गाँउपालिकाको वडा ३ गगुडा र वडा नं ४ पायलका गरी ३२ जनाको स्वाब संकलन गरी पिसीआर परीक्षणका सेती प्रादेशिक प्रयोगशाला धनगढी पठाइएको छ ।

चौरपाटीमा गाउँपालिका कोराना संक्रमण बढ्न सक्ने कुरालाई मध्यनजर गरी स्वास्थ्य कार्यालय अछाम र चौरपाटी गाउँपालिको सहकार्यमा यसअघि जेठ २० गते वडा नं १ शोकटमा ६४ जनाको श्वाब संकलन गरी पठाईएको थियो । उक्त परिक्षणको रिपोर्ट आउन बाँकी रहेको गाँउपालिकाले जनाएको छ ।

चौरपाटी गाउँपालिको नेतृत्व, स्वास्थ्य कार्यालय अछाम र चौरमाण्डौ प्राथमिक स्वास्थ्य केन्द्र चौरपाटी अछामको सहकार्यमा स्वाब संकलन भईरहेको चौरमाण्डौँ प्राथमिक स्वास्थ्य केन्द्रका व्यावस्थापक हिम बिश्वकर्माले बताए । परीक्षणलाई तीव्र गतिमा बढाउन गाउँपालिकाले आफै भीटीएम र आरडीटी किट खरीद गरिसकेको जेठ २६ गते भित्र उक्त सामाग्री आईपुग्ने गाउँपालिकाले जनाएको छ ।