मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दैलेखमा बस दुर्घटना, चालकको मृत्यु

दैलेखमा बस दुर्घटना, चालकको मृत्यु


काठमाडौं – दैलेखमा बस दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन्।

दैलेखको तल्लोढुंगेश्वरबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना ५ ख १६८५ नं को बस गुराँस गाउँपालिका–४ घोडाबासमा दुर्घटना हुँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–५ घर भएका ४५ वर्षीय चालक कल्याणसिंह बोहोराको घटनास्थलमै मृत्यु भएको हो।

यस्तै सोही ठाउँका सहचालक ३५ वर्षीय जयराज अवस्थी घाइते भएका डिएसपी हरी ओलीले जानकारी दिए।

गड्डाचौकी नाका भएर नेपाल आउनेहरुलाई छोडेर बस फर्किने क्रममा दुर्घटनामा परेको र बसमा चालक र सहचालक मात्र रहेको प्रहरीले जनाएको छ। बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ।