दार्चुला : दार्चुलामा काठमाडौँ र भारतबाट फर्किएकाहरुलाई राखिएको क्वारेन्टाईन व्यवस्थित नहुँदा संक्रमणको जोखिम बढेको गुनासो गरिएको छ। जिल्लाको महाकाली नगरपालिकाको महेन्द्र नमूना माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाईनमा भारत र काठमाडौँबाट फर्किएकाहरुलाई व्यवस्थित रुपमा नराखिदा कोरोना भाईस मात्र नभई अन्य रोगको जोखिम बढेको चिन्ता गरिएको छ। क्वारेन्टाईनको बसाई मात्र अव्यस्थित नभएर खाना, पानी, सौचालयको समेत उचित व्यवस्थापन…