मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिकाका सबै सिमा नाकामा कडाई : नगरप्रमुख देवकोटा

नगरपालिकाका सबै सिमा नाकामा कडाई : नगरप्रमुख देवकोटा


दिनेश केशी ,अछाम

पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटाले नगरपालिकाका सबै सिमा नाकामा कडाई गरिएको बताउनु भएको छ ।

कर्णाली प्रदेश हुँदै अछाम भित्रिने मुख्य नाका बेलखेत भएकाले त्यसमा कडाइका साथ निग्रानी बढाइएको उहाँले उल्लेख गर्नु भयो ।

विश्व कोरोना भाइरसको संक्रमण विरुद्धको लडाईमा हुँदा नेपालमा पनि यसको जोखिम बढ्न नदिन नेपाल सरकारको नियम पालना गर्दै सिमा नाकामा कडाई थालिएको नगर प्रमुख देवकोटाको भनाई छ ।

बैशाख २५ गते सम्म नेपालमा संक्रमितको संख्या नबढेको खण्डमा लकडाउन केहि खुकुलो हुन सक्ने बिश्वास गर्नु भयो ।

कर्णाली नदि संग जोडिएका पुलहरुमा कडाई गरेसंगै कर्णाली वारीका डुंगा पनि प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनु भयो । उहाँका अनुसार कर्णाली पारी रहेका डुंगाहरु अझै पुर्ण रुपमा नियन्त्रण नहुदा समस्या भएको छ ।

कर्णाली पारी दैलेखका समन्धित निकायहरुमा आफुले पटकपटक नियन्त्रणका लागी अनुरोध गरेपनि सन्चालनमा आइरहँदा जोखिम बढेको नगर प्रमुख देवकोटाले बताउनु भयो ।

कोराना भाइरसका कारण बिकासे योजनाको कार्यान्वयनमा के भइरहेको छ भन्ने प्रश्नको जवाफ दिदै उहाँले नगरपालिका केहि साना योजना लकडाउन पहिलेनै सम्पन्न भइसकेका र केहि ठुला योजना अहिले अवरुद्ध भएको र जिल्ला समन्वय समितीको निर्णय अनुसार ति योजनाको निमार्ण कार्य सन्चालन गर्न सकिने जानकारी दिनु भयो ।

फरक प्रसंगमा बोल्दै उहाँले सामाजिक सन्जालमा आफु बिरुद्ध लगाइएका आरोपहरु ग्लत भएको र आलोचनात्मक टिकाटिप्णी सहित अनलाइनमा समाचार सम्प्रेसण गर्नेहरु प्रती उहाँले आपत्ती जनाउनु भयो ।

आफु पन्चायतकाल देखिनै जातिय बिरुद्ध खरो रुपमा बोल्ने भएकाले आफुमाथी लगाइएका आरोप गलत पुष्टी भएको उल्लेख गर्नु भयो । आगामी दिनमा समाचार सम्प्रेषण गर्दा एक तर्फी नभई दुबै पक्षका भनाइलाई उदृत गर्दै समाचार लेख्न का साथै गलत र कुप्रचारका पछाडी नलाग्न नगर प्रमुखले अनुरोध गर्नु भयो ।