बाजुरा- लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे-मार्तडी राजमार्ग बिहीबार बिहानदेखि अवरुद्ध भएको छ। वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरा गएपछि सडक अवरुद्ध बनेको हो। अम्कोटको पहिरोले थप समस्या भएको छ। तलबाट सडक भासिएको छ भने माथिबाट ढुङ्गा खस्न थालेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए। राजमार्गको बार्जुगाड,…