मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लागु औषध प्रयोग तथा ओसारपसार गर्नेमा कैलाली देशमै चौथो

लागु औषध प्रयोग तथा ओसारपसार गर्नेमा कैलाली देशमै चौथो


धनगढी: नेपालभर लागुऔषध प्रयोग तथा ओसारपसार गर्ने जिल्लामध्ये कैलाली चौथो नम्बरमा रहेको पाइएको छ।  मंगलबार धनगढीमा सम्पन्न भएको लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गृह मन्त्रालय लागु औषध नियन्त्रण शाखाका प्रमुख गोकर्णप्रसाद उपाध्यायले उक्त तथ्यांक सार्वजनिक गरेका हुन्। 

यसको तथ्यांक हेर्दा देशभरमा उच्च जोखिममा रहेका ५ जिल्लामा कैलाली चौथोमा देखिएको हो । नेपालमा काठमाण्डौँ, रुपन्देही, कास्की, कैलाली र पर्सा उच्च जोखिममा रहेका छन् ।

कार्यक्रममा धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालले लागुऔषध प्रयोगकर्तालाई समुदायबाट छुट्याउनुपर्ने बताएका छन्।  कैलालीको अवस्था भयावह रहेको र यस्तै अवस्था रहने हो भने युवाको भविष्य धरापमा पर्ने हमालले बताएका छन्। ‘लागुऔषधको लतमा फसेकाहरुलाई तत्काल समुदायबाट अलग्याई रिह्याब सेन्टरमा राख्नुपर्छ’ उनले भने, ‘सबै तहका सरकार तथा संस्थाहरु मिलेर यसविरुद्दको अभियानमा लाग्नुपर्छ।’ 

धनगढी उपमहानगरपालिकाले पनि लागुऔषध नियन्त्रणबारे नीति ल्याएको उनले बताए। उपमहानगर सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गरेर लागुऔषध विरुद्दको अभियानमा लाग्ने मेयर हमालले बताएका छन्। 

कैलालीमा पनि टीकापुर नगरपालिकामा लागुऔषधका प्रयोगकर्ता सबैभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सोमेन्द्रसिहं राठौरले बताएका छन्। पहिलोमा टीकारपुर र दोस्रो नम्बरमा धनगढी उपमहानगरपालिका रहेको उनले बताए । 

उनका अनुसार लागुऔषध प्रयोगकर्ता प्रहरी नियन्त्रणमा रहेपनि त्यसको अवैध वितरण भारतबाट हुने भएकाले अनुसन्धान तथा नियन्त्रणमा चुनौति रहेको छ।