मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहायक प्रमुख जिल्ला अधिकारी बिष्टको नेतृत्वमा मार्तडी बजार अनुगमन

सहायक प्रमुख जिल्ला अधिकारी बिष्टको नेतृत्वमा मार्तडी बजार अनुगमन

सुदूर आज

बाजुरा : जिल्लाको सदरमुकाम मार्तडीमा बजार अनुगमन गरिएको छ । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको आयोजनामा बडीमालिका नगरपालिका ८ र ९ मा रहेका खुद्रा पसल, मदिरा पसल, जनलर स्टोर, कस्मेटीक पसल, हार्डवेयर पसल, मेडिकल, होटल, सुनचाँदी पसल र इलेक्ट्रोनिक पसलहरुको अनुगमन गरीएको हो ।

बजारमा रहेका पसलहरुमा हुने महंगी, कालोबजारी, अप्राकृतिक मुल्य बृद्धि एवम् अखाद्य बस्तुको नियन्तण गर्नका लागी प्रत्यक बर्ष गरीने अनुगमनलाई निरन्तरता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमनका संयोजक लोकेन्द्र बिष्टले बताए ।

बजार अनुगमनका क्रममा पाँच वटा तरकारी पसलमा कुहिन लागेको तरकारी फाल्न लगाएको, मल्यसूचि नभएका ५४ पसलहरुलाई सचेत गराएको, दर्ता नविकरण बाँकी ४ पसल, बिक्रि बिल दिने नगरेको ४५ पसलहरु, पसलको नाम भएको बोर्ड नराखेको १० र पसलमा प्यान नम्बर नराखेका ५५ पसललाई सचेत गराईएको छ भने कागजात फेला नपरेका तिन पसललाई प्रशासन बोलाएको संयोजक बिष्टले बताए ।

अनुगमनमा संयोजक बिष्ट सहित प्रहरी निरिक्षक गिन्द बागटी, पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल, घरेलुका मानबहादुर रावल लगाएतको सहभागितामा बजारको अनुगमन गरीएको हो ।