मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगर प्रमुख कुवँरको संयोजकत्वमा बयालपाटा अस्पताल सरोकार समिती गठन

नगर प्रमुख कुवँरको संयोजकत्वमा बयालपाटा अस्पताल सरोकार समिती गठन


अछाम : बयालपाटा अस्पतालका लागि अस्पताल सरोकार समिति गठन गरिएको छ । अस्पतालमा देखा परेका आर्थिक समस्या लगायतका अन्य बिषयमा स्थानिय, प्रदेश र केन्द्र सरकारलाई दबाब दिन सरोकार समिती गठन गरिएको हो । 

जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ७ मा रहेको अस्पतालका लागि साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुवँर संयोजक रहने गरी बयालपाटा अस्पताल सरोकार समिती गठन गरिएको हो । 

समितीमा अछामका १० वटै पालिका प्रमुख, बाजुरा र डोटीको सेवा क्षेत्र भित्रका पालिका प्रमुख, अछाम स्थित राजनितिक दलका प्रमुख प्रतिनिधी, वडा नं. ७ का अध्यक्ष, समाजसेवी, नागरिक र अस्पतालको तर्फबाट समेत सदस्य रहने गरी समिती गठन गरिएको हो । 

समितीले बयालपाटा अस्पताललाई सुदुरपश्चिम प्रदेश सरकार मातहत राख्न प्रदेश सरकारसंग सम्झौता गर्न र बयालापाटा अस्पताल संचालनका लागी अपुग बजेटको माग गर्न पहल गर्ने उद्देश्यले अस्पताल सरोकार समिती गठन गरिएको अस्पतालले जनाएको छ । 

समितीले केन्द्र, प्रदेश र स्थानिय पालिका संग समेत बयालपाटा असपतालको दिर्घकालिनका लागि बजेटका लागि पहल गर्ने समितीका संयोजक नगर प्रमुख राजेन्द्र बहादुर कुवँरले बताए । 

पछिल्लो केही बर्ष यता बिदेशी दातृ निकायबाट अस्पतालका लागि बजेट कम हुदैँ गएको अवस्थामा अब स्थानिय र प्रदेश सरकारले नै अस्पतालको दिर्घकालिन संचालनका लागि अपनत्व लिुनपर्ने र त्यसका लागि स्थानिय स्तरबाटै पहल गर्न समिती गठन गरिएको नगर प्रमुख कुवँरले बताए । 

— 

Purna Bdr Khadka

M : 9848475162

E : [email protected]

W : purnakhadka.com.np