काठमाडौं – नेपालमा कोरोना भाइरस कोभिड १९ संक्रमणमुक्त हुनेको संख्या दुई लाख नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा तीन हजार ४३ जना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख दुई हजार ६७ पुगेको हो। यो कुल संक्रमित मध्ये ९०.९ प्रतिशत हो। सोमबार थपिएकासँगै कुल संक्रमितको संख्या दुई लाख २२ हजार २८८ पुगेको छ। …