काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट बचाउन पिसिआर परीक्षणको बढाउनुपर्ने लगायतका माग राख्दै नौ दिनदेखि अनशनरत व्यक्तिको मागको सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा अनशनरत व्यक्तिको न्यायोचित मागहरु सम्बोधन गरी जीवनको अधिकार रक्षा गर्न र अनशनका कारण निजहरुको स्वास्थ्यमा पर्न सक्ने असरप्रति संवेदनशील भई…