काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवासहितले दायर गरेको रिटका पक्षमा ३६ वकिलले बहस गरेपछि सरकारी पक्ष अर्थात् प्रतिनिधिसभा विघटन पक्षधरको बहस सुरु भएको थियो । पक्ष र विपक्षलाई १५–१५ घण्टा दिइएकोमा विघटन पक्षले सभामुखले…