मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुरोट कम्पनीले फोक्सो उपचारको औषधि उत्पादन गर्ने कम्पनी खरिद गर्न खोज्दा विवाद

चुरोट कम्पनीले फोक्सो उपचारको औषधि उत्पादन गर्ने कम्पनी खरिद गर्न खोज्दा विवाद


सीएनएन । विश्वकै सबैभन्दा ठूलो चुरोट उत्पादक कम्पनीले बेलायतस्थित फोक्सो उपचारका लागि औषधि उत्पादन गर्ने कम्पनी खरिद गर्न खोजेपछि स्वास्थ्य निकायहरूले आपत्ति जनाएका छन् । विभिन्न संघ–संस्थाहरूले यति बेला बेलायत सरकारलाई सो सम्झौता रोक्न अपिल गरिरहेका छन् ।

मार्लबोरो चुरोट निर्माता फिलिप मोरिस इन्टरनेसनल (पीएमआई) कम्पनीले आइतबार औषधि उत्पादक कम्पनी भेक्टुरालाई एक अर्ब डलर पाउन्डमा खरिद गर्न बोली लगाएको हो । पीएमआईले हाल १७५ भन्दा धेरै बजारमा चुरोट बिक्री गरिरहेको छ ।

तर, कम्पनीले आगामी चार वर्षमा आफ्नो आधाभन्दा बढी आम्दानी धुवाँरहित उत्पादन जस्तै, ई–सिगरेटलगायतबाट सिर्जना गर्ने लक्ष्य सार्वजनिक गरेको थियो ।

त्यस्तै, एक हप्ताअगाडि मात्र यसले अबको एक दशकमा बेलायतमा मार्लबोरोको चुरोट बिक्री गर्न बन्द गर्ने पनि जनाएको थियो ।

चुरोट उत्पादन गरिरहेको कम्पनीले नै फोक्सोको समस्यासम्बन्धी औषधि उत्पादकलाई खरिद गरेमा, सुर्ती उद्योगले सिधै देशको जनस्वास्थ्यमा प्रभाव पार्न सक्ने भन्दै स्वास्थ्य निकायहरूले विरोध जनाएका हुन् ।

बेलायतस्थित क्यान्सर रिसर्चकी प्रमुख मिकेल मिचेलले भनेकी छन्, “सुर्ती कम्पनीले फोक्सो स्वास्थ्यको उद्योगमा लगानी गर्न चाहनु आफैँमा हास्यास्पद कुरा हो । किनकि, तिनैका उत्पादन क्यान्सर पैदा गर्ने सबैभन्दा मुख्य कारक हुन्, जसमा फोक्सोको क्यान्सर पनि पर्दछ । त्यसैले पीएमआईले वास्तवमै स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउन चाहन्छ भने पहिले त आफ्ना उत्पादनहरू प्रचार तथा बिक्री गर्न पूर्ण रूपमा बन्द गर्नुपर्छ ।”

क्यान्सर रिसर्च यूकेले सुर्ती कम्पनीले आस्थ्माजस्ता स्वास्थ्य समस्याको उपचारबाट नाफा कमाउन सक्नु वास्तवमै चिन्ताजनक र असहज विषय भएको उल्लेख गर्दै बेलायत सरकारलाई पत्र पनि लेखेको छ ।

भेक्टुरा कम्पनीले हाल सासले तानेर निल्ने (इन्हेलर) किसिमका १३ औषधिहरू उत्पादन गरिरहेको छ । त्यसमा ग्यालेक्सो स्मिथ क्लाइन (जीएसके) फोक्सोको समस्याका कारण उत्पन्न आस्थ्माको उपचारका लागि प्रयोग गर्ने गरिएको छ ।

सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरू पछिल्लो समय बढ्दो धूम्रपानका कारण सरकारहरूबाट दबाबमा परेका छन् ।

पीएमआईले चुरोटको विकल्प दिन दर्जनौँ वैज्ञानिक र टेक्निसियनहरूलाई नियुक्त गरी आठ अर्बको लगानी पनि गरिरहेको छ । कम्पनीले हालैमा फर्टिन फर्मा नामक अर्को औषध कम्पनी पनि खरिद गरेको छ, जसले एलर्जी लगायत विभिन्न स्वास्थ्य समस्याको औषधि उत्पादन गर्छ ।