काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक हो भन्ने फैसला सर्वोच्च अदालतबाट आउने आशमा आफूहरु रहेको बताएका छन्। नेपाल बुद्धिजीवी संगठनले काठमाडौंमा आयोजना गरेको ‘प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले केपी ओलीको तीव्र आलोनचा गरे। उनले भने, ‘उहाँले काम गर्न दिइएन भन्दै हुनुहुन्छ। उहाँलाई मनपरी…