काठमाडौं । आज नेपाली कांग्रेसका संस्थापन तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कांग्रेसले संस्थापक नेता बीपीको जन्मजयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर देशभर मनाउँदै छ । कांग्रेसले जिल्ला र विदेशस्थित जनसम्पर्क समितिहरुलाई परिपत्र गरेर कोरोना प्रतिकुलताबाट सुरक्षित रहँदै स्थानीय परिस्थिति हेरेर अनिवार्य रुपले भौतिक दूरी कायम गर्दै अनिवार्य…