काठमाडौं - नेपाली कांग्रेसका युवा पुस्ताको बेलाबखतमा सार्वजनिक हुने संयुक्त प्रयत्नले पार्टीमा खासै प्रभाव छोड्न सकेको छैन। सामूहिक प्रयत्नलाई जोड दिने प्रतिवद्धता सहित कोठे बैठक तथा संयुक्त वक्तव्यका दर्जनौं प्रयासले परिणाम दिन सकेको छैन। ‘पार्टी बदल्ने र आफू बदलिने’ अभिव्यक्ति जाहेर गर्ने युवा नेताको समूहले सफलता पाएको देखिँदैन। निर्वाचन पराजयपछि मूलतः संस्थापनइतर समूहका युवा नेता…