काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ कांग्रेस अघि बढ्नुपर्ने बताएका छन्। पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन गर्दै शनिबार नेता थापाले कांग्रेस नेतृत्व परिवर्तन हुनुपर्ने आवश्यक्ता औंल्याएका छन्। उनले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन, कोहीसँग मिलेर होइन एक्लै सात कम्युनिष्टहरु एक भएर आएपनि आगामी निर्वाचनमा जित्नुपर्ने अवस्था…