काठमाडौं- नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि म्यानेज गर्न नसक्ने ठोकुवा गरेका छन्। प्रधानमन्त्रीले संसद् पुनर्स्थापना भएपछि तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्नेमा त्यसो नगरी स्वेच्छाचारी ढंगले अघि बढेको उनको टिप्पणी छ। रिपोर्टस् क्लबमा नेता पौडेलले नेकपा माओवादी केन्द्रबाट ओली सरकारमा मन्त्री बनेकाहरुलाई फिर्ता हुन लिखित निर्देशन दिइएको…