काठमाडौं– मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाले देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश नम्बर ५, गन्डकी, सुदूरपश्चिम र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुनेछ । आगामी २४ घन्टा देशको प्रदेश १, २, ५, वाग्मती र गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको…