मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल युवा सुचना केन्द्रलाई मालिका विकास संघद्धारा सुचनाप्रबिधिका सामाग्री प्रदान

पञ्चदेवल युवा सुचना केन्द्रलाई मालिका विकास संघद्धारा सुचनाप्रबिधिका सामाग्री प्रदान


अछाम । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका ६ दर्नामा रहेको पञ्चदेवल युवा सुचना केन्द्र को व्यावस्थापनका लागि आवश्यक सामाग्री प्रदान गरिएको छ । मालिका बिकास संघ सुसासन परियोजनाको आर्थिक सहयोगमा करिब २ लाख बराबरको सामाग्री प्रदान गरिएको हो ।

सामाग्रीमा ल्यापटप एक थान, समार्ट टिभी एक थान, प्रोजेक्टर एक थान, हार्डिक्स एकथान लगायतका गरी दुइलाख बराबरको सामाग्री हस्तान्तरण सुचना केन्द्रलाई प्रदान गरिएको हो ।

मालिका बिकास संघका उपाध्यक्ष राधा रावल लगायतका पदाधिकारीले सुचना केन्द्रको कार्यलयमै पुगी वडा अध्यक्ष कृष्णबहादुर कडायत र युवा क्लबका अध्यक्ष खेमराज ओझा लाई सामाग्री हस्तान्तरण गरेका थिए ।

सुचना केन्द्रले जिल्लामा प्रशंसा गर्न लायक काम गरिरहेको भन्दै मालिका बिकास संघका सचिव ज्ञानेन्द्र रावलले आगामी दिनमा समेत अग्रसर हुन आग्रह गरेका थिए ।

विभिन्न सहयोगी संथाको सहयोगमा स्थापना भएको सुचना केन्द्रलाई थप आवश्यक सामाग्री प्राप्त भएपछि युवाहरुलाई एकताबद्ध गर्दै सुचना प्रवाह गर्ने कार्यक्रममा सहज हुने र सामाग्री को उचित सदुपयोग हुने अध्यक्ष खेमराज ओझाले बताए ।