मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो हुनेछ सातै प्रदेशको मौसम

यस्तो हुनेछ सातै प्रदेशको मौसम


काठमाडौं– मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाले देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश नम्बर ५, गन्डकी, सुदूरपश्चिम र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुनेछ ।

आगामी २४ घन्टा देशको प्रदेश १, २, ५, वाग्मती र गण्डकी प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

तीं स्थानमा नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जानेभएकाले सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने पनि जनाएको छ । महाशाखाले सतकर्ता अपनाउन आम रुपमा अपिल गरेको छ ।

आगामी तीन दिनको मौषम

असोज २ गते – दिउँसोः देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन–चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, २, ५, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

रातीः देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, प्रदेश नं ५, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ३ गते – दिउँसोः देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका र प्रदेश नं ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

रातीः देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

असोज ४ गते – दिउँसोः देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

रातीः देशभर सामान्यतया बदली रही थोरै स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।