प्रधानमन्त्री केपी शर्मा ओली अहिले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ लिइरहेका छन्। दोस्रोपटक मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न थालिसकेको सुखद समाचार चिकित्सकले दिइसकेका छन्। सर्वप्रथम प्रधानमन्त्री ओलीकाे शीघ्र स्वास्थ्यलाभ तथा दीर्घायुको कामना गरौं। नेपालीका लागि ओलीको स्वास्थ्य समस्या, उपचार र अस्पताल बसाइ नयाँ र अनपेक्षित होइन। किनकि उनी प्रधानमन्त्री बनेको विगत दुई वर्षमा अनेकौं पटक बिरामी…