मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताक्लाकोटमा अलपत्र नेपाली भन्छन् : सरकारले उद्धार नगरे भागेरै आउँछौं

ताक्लाकोटमा अलपत्र नेपाली भन्छन् : सरकारले उद्धार नगरे भागेरै आउँछौं


हुम्ला २९ फागुन । चीनको ताक्लाकोटमा अलपत्र नेपालीले सरकारबाट उद्धार नभए ‘भागेरै’ नेपाल छिर्ने बताएका छन् । त्यहाँ रहेका १ सय ४८ जनामध्ये २३ जनाले ‘जसरी पनि घर फर्कने’ तयारी गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिमबाट डराए पनि घर फिर्न हिमपातले बाटो अवरुद्ध गरेकाले हिम्मत नगरी उनीहरू उतै रहेका हुन् ।

केही दिनअघि एक नेपाली भागेरै नेपाल फर्किएका थिए ।उक्त क्षेत्रमा हालसम्म कसैलाई पनि संक्रमण छैन । संक्रमणबाट जोगिन सतर्कताका लागि केही समय पातलिएको ताक्लाकोट बजारमा पुनः मानिसको आवतजावत बाक्लिन थालेपछि डराएका नेपालीहरू घर फर्कन खोजेका हुन् ।

‘हामी एक साताअगाडि नै हिँड्ने भनेर तयारी बसेका थियौँ,’ हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीका कर्मा तुण्डुप लामाले भने, ‘सरकारले उद्धार गर्छ, जोखिम मोलेर नजानू भनेर खबर आयो, रोकियौं । दुई–चार दिन अझै पर्खन्छौं । केही व्यवस्था भएन भने आफ्नै तरिकाले फर्कन्छौं ।’ उनले आफूसहित हुम्ला खगाल गाउँका फोक्देल लामा र हुम्लाको मुचुका थुप्देन लामा साताअघि नै नेपाल फर्कन खोजेको बताए ।

स्थानीय व्यापारीको संस्था कैलाश व्यापार संघकी उपाध्यक्ष ल्यामु लामाले नेपाल सरकारसँग उद्धारका लागि अनुरोध भइरहेकाले ज्यानको जोखिम मोलेर नजानुस् भनेपछि रोकिएको कर्माले बताए । यो खबर कान्तिपुर दैनिकमा छ ।