मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तन्त्रको मन्त्र बुझौ !

तन्त्रको मन्त्र बुझौ !


प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र या होस् गणतन्त्र

निषेध हो निरंकुशतन्त्र, मनपरीतन्त्र अनि परतन्त्र,

सोझो भई उभिनसक्ने खोज्यौ साशनतन्त्र

पसिना र रगतको मूल्य बुझ्नै पर्ने मन्त्र ।

कालापानी चित्कार सुनौं धुरा, लिपु थर्काउने

धर्तिको छातिको घाउ किन अब लुकाउने,

हिमाल उच्च झुक्ने छैन कोही स्वार्थी झुके पनि

देशभक्तको छाती खुला कायर कोही लुके पनि ।

बलिदान शहीदको सन्देश आज हामी सबै बुझौं

त्यागी स्वार्थ कलुषित गौरव देशको रोजौं,

प्रजातन्त्र दिवसको दियो झलमलै बनोस

हकयुक्त नेपाली गौरव दुनियाँ सबले भनोस् ।

२०७६ साल फागुन ७ गते ७०औं प्रजातन्त्र दिवसको उपलक्ष्यमा रचित। – सैपाल न्यूजबाट