अछाम — मंगलसेन नगरपालिका–३ स्थित बिरालतोली टोललाई पूर्ण सरसफाइ तथा स्वच्छता टोल घोषणा गरिएको छ। खानेपानी तथा सरसफाइका पाँच प्लस एक सूचक पूरा गरेपछि बुधबार आयोजित विशेष कार्यक्रममार्फत टोललाई पूर्ण सरसफाइ तथा स्वच्छता टोल घोषणा गरिएको हो।घट्टेखोला लिफ्ट खानेपानी तथा सरसफाइ योजनाको निर्माण सम्पन्न भई बिरालतोलीका घरघरमा ‘एक घर, एक धारा’ निर्माण हुनुका साथै सरसफाइका…