काठमाडौं- नेपालमा कोभिड १९ विरुद्वको खोप लगाउन सुभारम्भ भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले पहिलो खोप लगाएका छन्। उनले खोप लगाएपछि खुसी लागेको बताए। उनले भने,‘यो पनि इन्फ्लुएन्जा खोप जस्तै हो।डराउनुपर्ने कुरा छैन। त्यसै खोप लगाउनु पूर्व पनि र लगाएपछि खुसी नै छु। स्वास्थ्यकर्मी लगायत सबैले उत्साहित भएर खोप लगाउनुहोस…