- कमल संघर्ष
गजल
सपनाहरू मात्रै रहेछन् मालामालमा राखिएका
बाँकी सबै जिन्दगी हुन् अनिकालमा राखिएका
देखिरहने, हराइरहने, हामीलाई झुक्याइरहने
हाम्रै खुसीका तरगं थिए छालमा राखिएका
सिसा जस्तो यो आफ्नो निधार सम्झिदा लाग्छ,
ककसका निधार होलान पर्खालमा राखिएका?
कसैले त बताइदेउ आखिर भगवान को हुन,
मुर्तिमा सजाइएका कि टुँडालमा राखिएका?
बरु अभाव हुनु, गरिबी हुनु, आफू आफ्नै हुनु
पैसा जस्तो हुनु भन्दा जुवाखालमा राखिएका




















प्रतिक्रिया