सुवास अधिकारी, अछाम
जान देउ !
टाढा हैन धेरै टाढा
जहाँ नजर हैन
नजर अन्दाज पनि गर्न नसकियोस् !
जसरि हेर्न सकिदैन
आफ्नो आँखाले आफ्नै आँखा
हो ! त्यसरि, कहिल्यै नभेटुन् तिम्रा नजरले मलाई
तर, भेट्ने चाहना भने उत्पात भैरहोस्
जान देउ !
टाढा हैन धेरै टाढा
जहाँबाट पर्कन सिंगो जिन्दगी खर्च भैजाओस्
देख्नेले नदेखुन्, सुन्नेले पनि नसुनुन्
हो ! त्यसरी, कहिल्यै नपरोस् मेरो छाया कसैकोमा
तर, हेर्ने र देख्ने रहर सधैं भैरहोस्
जान देउ!
टाढा हैन धेरै टाढा
जहाँ अरु काेही नहोस् म हुँ,
“म” पनि न हुँ सुन्नेले मलाई बेस्सरी सुनिरहोस्
हो! त्यसरी मलाई कसैले आफ्नो बनाउन चाहाना राखोस्
तर चाहाना ! चाहानामै सिमित बनोस्!
प्रतिक्रिया