मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“प्रेमसंहिताको दोषी म”

“प्रेमसंहिताको दोषी म”


साक्षी बिना सुनुवाइ भयो,
तिमी बिना जीवनकै मुद्दा चल्यो।
अदालत त हृदय थियो,
र न्यायाधीश तिमी।

मायाको दफा केही थिएन,
तर पनि अभियोग लाग्यो।
अनियन्त्रित भावना प्रेषण,
दफा १०८ अनुसार, मन भित्रै हिरासतमा।

मेरो प्रेमको कुबुलनामामा,
कसुर स्वीकार गरिएको थियो।
नजरहरूमार्फत अवैधानिक प्रवेश,
मनको सीमा अतिक्रमण।

तिमीले बुझ्नु अघि नै,
मेरो हृदयमा तिम्रो स्थायी अधिवास भयो।
तर त्यो बिना सहमति ठहरियो
अनधिकृत बसोबासको अभियोग।

भावनाहरू जब चर्किए,
मनमा बगाबट घोषणा गरियो।
अनि प्रेमलाई ‘राजद्रोह’ ठहराउँदै,
अदालतले निर्वासनको फैसला सुनायौ।

अब म,
संवेदनाको जेलमा बन्द छु।
जहाँ प्रत्येक धडकन,
अवज्ञा मुद्दा बनेर कुर्लिन्छ।

म मायामा पागल भए
तर त्यो पागलपन, कानूनले नस्वीकार्ने रहेछ।
मुटुको संविधान च्यातिएको छ,
र प्रेमसंहिताको पहिलो दोषी म नै घोषित छु।

नितिन कुवॅर
अछाम, साफेबगर ३