राम बहादुर भण्डारी
जाईथी पढाउन पठाएको छोरो बदमास भयो ।
वाईथी थाह भईगयो जीन्दगी जुवातास भयो ।।
आज उकै छोरो हाम्रो माउत्या भएको छ ।
बेलि जैका कारण ल हाम्रो उठिबास भयो ।।
सुत्ता त छोरालाई सास बनाउला सुच्याको हुँ ।
कसो हरी प बिग्ड्यो छोरो बयालो भयो बतास भयो ।।
सरकार पन आँखा निनाईकी बजेट बनाउनो रैछ
कैकि गँहुको नल भयो कैकि गड्याघास भयो ।
बेली लड्ने बेला त साथसाथै लड्याका हौँ ।
अजेल तम्रा मालमाल भयो मेरा बनबास भयो ।।
लेखक भण्डारी रामाराेशन गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हुन् ।
प्रतिक्रिया