मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शैक्षिक तथा सामाजिक कार्यमा अग्रसर बन्दै षोडशा भुतपूर्व विद्यार्थी समाज

शैक्षिक तथा सामाजिक कार्यमा अग्रसर बन्दै षोडशा भुतपूर्व विद्यार्थी समाज


अछाम ।

षोडशा भुतपूर्व विद्यार्थी समाजले शैक्षिक र सामाजिक क्षेत्रसंग सम्बन्धित बिभिन्न गतिबिधि गर्दै आईरहेको छ ।

समाजले अहिले बिश्वमा फैलिएको कोरोना भाईरसबाट आफु पनि बाँच्न र अरूलाई पनि बचाउँन सरकारले लागु गरेका नियमहरूलाई आत्मसात गर्दै स्थानिय सरकारहरूसंग समन्वय गरेर राहत वितरण गर्ने काय गरेको छ ।

समाजको पहलमा अछामका १० वटै पालिकालाई स्वास्थ्य सामाग्री, जिल्ला अस्पताल मंगलसेन र बयलपाटा अस्पताललाई पानी ट्याङ्की सहित आवश्यक सामाग्रीहरू, मंगलसेन नगरपालिकामा बसोबास गर्दै आईरहेका बादी समुदायका ६ घरपरिवारका २९ जना र नाथ समुदायका एकघर परिवारलाई दैनिक उपभोग्य सामाग्री खाद्यान्नका वितरण गरिएको थियो ।

मंगलसेन नगरपालिकाद्धारा संचालित क्वारेन्टाइनमा रहेको ५३ जना महानुभावहरुलाई दिवा खाजा (ड्राईफुड) को पनि समाजद्वारा ब्यबस्था गरियो थियो भने अछाम बाट काठमाडौँ आएर मजदुरी पेशामा संलग्न तथा अध्ययनको शिलशिलामा काठमाडौँ उपत्यकाका बिभिन्न ठाउँमा बसोबास गरिरहेका ३ सय भन्दा बढी नागरिकलाई खाद्यान्न बितरण समेत गरेको छ ।

स्थापनाको छोटो समयमै समाजको पहलमा यसअघि छात्राबास निर्माणका लागि बजेट बिनियोजन गराउन र आईएस्सी एजी पढाइका लागि स्वीकृति दिलाउन भुमिका निर्वाह गर्नुका साथै स्कुललाई खेलकुद सामाग्रि, साउण्ड स्पिकर र अपाङ्ग तथा गरिव जेहेन्दार बिध्यार्थीहरूलाई शैक्षिक सामाग्री र पोषाक प्रदान गरिएको थियो ।

यस्तै समाजले मंगलसेन नगरपालिको सहकार्यमा मंगलसेन ७ निवासी एकल एवं अपाङ्ग महिला कलु पाध्यायको घर पुनः निर्माण गर्दै निजलाई आवश्यक बेड बिस्तारा र खाद्यान्न सहित सामाग्रीहरू हस्तान्तरण गरिएको थियो ।

यि कार्यका लागि सहयोग गर्न स्वदेश तथा बिदेशबाट समाजलाई आर्थिक सहयोग उपलब्ध गराउँने सम्पूर्ण महानुभावहरुलाई समाजले धन्यवाद ज्ञापन गरेको छ ।

साथै राहत बितरण कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नेलाई समेत धन्यवाद ज्ञापन गरिएको समाजका अध्यक्ष शंकर भण्डारीले बताए ।