सुगम समीप
जुनदिनदेखि हो तिमीबाट मलाई भर नपाएको
त्यहीदिन देखि हो मैले हाँस्न अवसर नपाएको
अब त यो त्रासले पनि यसरी सीमा नाघ्दैछ कि
अस्पताल भए नि अवस्था छ डाक्टर नपाएको
आज तिमीले सजिलोसँग शिखरमा टेक्न पायौ
थिएँ र पो म भर्याङ्ग! उचाइमा बराबर नपाएको
आफूले संसार देख्न पाएको बिर्सेर छोराहरूले
आमासँग गुनासो गर्दैछन् अंशमा घर नपाएको
जे पनि दुर्घटना हुन सक्थ्यो बिछोडको घडीमा
ठीकै भो तिम्रो उपहारमा मैले मफलर नपाएको
गोरखा।
प्रतिक्रिया