- धिरज स्मृतिपवन
मैले बन्दुक बोकेर
हिड्न पाउ सरकार?
किनकि म दलित हुँ
मलाई जहाँ नीर पनि
अाक्रमण गर्न सक्छन्
म त्यो दलित हुँ जसलाई
यो देशको कुनै कानुनले
कुनै मानवीय व्यवहारलेे
र कुनै सुरक्षा बलले सुरक्षा
दिन नसकेको त्यसैले मैले
बन्दुक बोकेर हिड्न पाउ
म दलित हुँ।
मैले कुवा भएर हिड्नुपर्छ
मैले धारा भएर हिड्नुपर्छ
मैले मन्दिर भएर हिड्नुपर्छ
मैले चिया पसल जानुपर्छ
त्रासै त्रासमा डरै डरले
मर्ने डरले …………..!
म मान्छे त होइन यो समाजको
नजरमा तर म प्राणी अवश्य हुँ
मलाई भोक लाग्छ प्यास लाग्छ
चिसो हुन्छ तातो हुन्छ मलाई पनि
चौतारीमा बस्न मन लाग्छ।
तर म सजिलै त्यो चौतारीमा
बस्न पाउदैन
र,
मलाई अाक्रमण गरिन्छ
भाला हानिन्छ तरवार
हानिन्छ सरकार
यसकारण मैले बन्दुक
बन्दुक बोकेर हिड्न पाउँ
किनकि म दलित हुँ।
मैले हतियार बनाउन मात्रै
जानेको छैन् चलाउन पनि
जानेको छु,मलाई था छ कहाँ निरको
धारले गर्धन काट्न सकिन्छ
कहाँ निरको धारले पाखुरा काट्न सकिन्छ
तर मैले त्यसो गर्न सकिनँ अब त्यो भूल हुनेछ
जो मैले पहिल्यै गर्नुपर्दथ्यो गरिन गल्ती गरेछु
अाज यस्तो महसुस गरिरहेको छु।
त्यो पापी मुखिया पिचास सैतान
जो समाजमा उच्च स्तरमा छ
उसले पनि यो गाउँका नानीहरूका
लुगा च्यातेका हुन त्यो पनि जबर्जस्ती
त्यो किन अझै उच्च स्तरमा छ ?
र मैले किन लखेटिनु पर्यो
मेरो भाईले किन काटिनुपर्यो
एउटा मन सङ्ग अर्को मनको
सहमति हुदाहुँदै यो समाजको
कुन सिस्टम बाकी छ र जो
हामीलाई नलागेको तपाईंलाई लागेको ।
यसकारण मलाई मर्नु छैन सरकार
म बेपत्ता छु तर देखिरहेको छु
मेरो दाईको लास मेरापछि खटिएका
केही हतियारधारीहरू र
देखिरहेको छु प्रशासन तिर धाईरहेका पिचासहरु
र देखिरहेको छु प्रशासन अगाडि अाँसु बगाईरहेका
मेरो अाफ्नतहरू।
मलाई न तेरो भर छ सरकार न समाजको
मलाई बन्दुक बोकेर हिड्ने इजाजत दे।
म दलित हुँ मलाई मार्न सक्छन् म मर्न चाहान्न
…………………………………बेपत्ताहरूबाट
डोटी
प्रतिक्रिया