मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमितबारे लक्षण नदेखाउने थाहा पाउनैपर्ने पाँच कुरा हेर्नुस

कोरोना संक्रमितबारे लक्षण नदेखाउने थाहा पाउनैपर्ने पाँच कुरा हेर्नुस


जेन्सी । चीनको वुहानमा गत डिसेम्बारमा पहिलोपटक पत्ता लागेदेखि नै नोभल कोरोना भाइरसलाई राम्ररी बुझ्न वैज्ञानिकहरूले लगातार अध्ययन अनुसन्धान गरिरहेका छन् । यसमा कोभिड–१९ सीधा सम्पर्क, खोक्दा वा बोल्दा निस्कने थुकका छिटाबाट सर्छ भन्ने सबैलाई थाहा भइसकेको छ । तर केही समययता लक्षणबिनाका कोभिडका बिरामीको सङ्ख्या पनि उल्लेखनीय पाइएपछि भने यसको रोकथाम झन् चुनौती बन्दै गएकामा चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् ।

को हुन् ‘एसिम्पटोमेटिक’ बिरामी ?
‘एसिम्पटोमेटिक’ मानिसहरूले भाइरसबाट संक्रमित भएर पनि बिरामी महसुस गर्दैनन् किनकि तिनमा कुनै लक्षण विकसित हुँदैन । जसकारण बाहिरबाट सामान्य र स्वस्थ देखिनेहरू पनि भित्रभित्रै संक्रमित भइसकेका हुन सक्छन् । यो ‘प्रि–सिम्पटोमेटिक’ भन्दा फरक अवस्था हो । प्रि–सिम्पटोमेटिक भन्नाले संक्रमित हुँदा पहिलो चरणमा लक्षण नदेखाउनु तर पछि गएर बिरामी पर्नु हो । यी बिरामीमा संक्रमित भएदेखि पहिलो लक्षण देखा पर्न १४ दिनसम्म लाग्न सक्छ । प्रायः संक्रमितहरू पाँचदेखि ६ दिनमै बिरामी पर्ने गरेका छन् । तर अर्कोतर्फ एसिम्पटोमेटिकहरूले चाहिँ कहिल्यै लक्षण नदेखाइकनै संक्रमित भएर ठीक पनि भइसकेका हुन सक्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड–१९ का सबैभन्दा मुख्य लक्षण ज्वरो आउनु, थकान र सुक्खा खोकी हो । यसमा केही बिरामीले शरीरमा दुखाइ, घाँटी दुख्ने, झाडापखाला र सुँघ्ने अनि स्वाद थाहा नपाउन क्षमता गुम्ने जस्ता अनुभव पनि गर्ने गरेको पाइएको छ ।

बिनालक्षणका कोरोना बिरामीले संक्रमण फैलाउन सक्छन् ?
यसमा विश्वभरका रोगविद्हरूबीच भएको बहस र छलफलपछि उनीहरू सबैले बिनालक्षणका बिरामीले पनि संक्रमण फैलाउने उत्तिकै जोखिम रहेकामा सहमति जनाएका हुन् । यसमा उनीहरूले कति स्तरसम्म रोग फैलाउन सक्छन् भन्नेबारे चाहिँ थप अध्ययन आवश्यक रहेको बताएका छन् । एसिम्पटोमेटिक बिरामीहरूमा लक्षण नदेखिएकै कारण उनीहरूले परीक्षण गराउँदैनन् र कतिपय देशमा त लक्षण देखाउनेको मात्र परीक्षण र उपचार हुने नीति रहेको हुँदा उनीहरूले थाहा नपाइ र कतिपय अवस्थामा उचित प्रावधानको अभावका कारण पनि कोरोना फैलाइरहेको हुन सक्छन् । 

लक्षण नदेखाउनेले कसरी सार्छन् भाइरस ?
साधारण बिरामी जसरी नै एसिम्पटोमेटिक मानिसहरूले पनि खोक्दा र हाच्छ्यु गर्दा थुकका छिटालगायत विभिन्न माध्यमबाट रोग फैलाउन सक्छन् । त्यस्तै अर्को व्यक्तिसँगको सीधा सम्पर्क अनि उनीहरूले छोएको वस्तुको सतह भाइरसबाट दूषित हुन गए, त्यसमार्फत पनि सर्न सक्छ । कतिपय अवस्थामा मान्छेले बोल्दा पनि थोरै थोरै थुकका छिटा निस्किरहेको हुन्छ भने धेरै मान्छेको नाक पुछ्ने, मुखमा छोइरहने र आँखा मिच्ने बानी हुन्छ । यस्तोमा दूषित सतह छोएर अनुहारमा हात लगाउनुले भाइरस संक्रमण गराउँछ । 

के एसिम्पटोमिक कोभिड–१९ बिरामी कम संक्रामक हुन्छन् ?
हालका विभिन्न प्रमाण हेर्दा विश्व स्वास्थ्य संगठनले लक्षणबिनाका बिरामीले तुलनात्मक रूपमा कम भाइरस फैलाउने बताएको छ । तर यसमा सो व्यक्ति कुन डोजको भाइरससँग कतिबेर सम्पर्कमा आएको छ त्यही अनुसार संक्रमण फैलाउन सक्षम हुने बताइएको छ । 

आफूलाई कसरी बचाउने ?
यसमा नियमित साबुनपानीले हात धोइरहनु, बारम्बार छुने सतहहरू सफा गरिरहने र भिड हुने ठाउँमा अनिवार्य मास्क लगाउनु नै यसबाट बच्ने सबैभन्दा उपयुक्त तरिका हो । त्यस्तै सबै मानिससँग ६ फिटको दूरी राख्नाले पनि एसिम्पटोमिक संक्रमकहरूबाट बचाउन सक्छ भने हाच्छ्यु गर्ने र खोकिरहेका मानिसबाट पनि टाढै रहने प्रयास गर्नुपर्छ । त्यस्तै नधोएको हातले मुख, आँखा र अनुहार छुने गर्नु हुँदैन । –अलजजिरा