मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाद्र १ बाट बयालपाटा अस्पतालको सञ्चालन र व्यवस्थापन प्रदेश सरकारले गर्ने

भाद्र १ बाट बयालपाटा अस्पतालको सञ्चालन र व्यवस्थापन प्रदेश सरकारले गर्ने

गुणस्तरिय सेवा र पारदर्शीताको उदाहरण बयालपाटाले जनताका लागि नर्बिसने गुण लगाएको छ : मन्त्री खड्का


अछाम : अछाम जिल्ला स्थित साँफेबगरमा सञ्चालनमा रहेको बयालपाटा अस्पतालको सञ्चालन र व्यवस्थापन प्रदेश सरकारले गर्ने भएको छ । भाद्र १ गतेबाट लागु हुने गरि सम्झौतामा हस्ताक्षर भएपछि यसअघि न्याय हेल्थ नेपालको व्यवस्थापन र सञ्चालमा रहेको अस्पताल अब प्रदेश सरकारले गर्ने भएको हो ।

आइतबार प्रदेश मुकाम धनगढी स्थित सामाजिक विकास मन्त्रालयमा द्धिपक्षिय हस्तान्त्ररण र ग्रहण सम्बन्धी सम्झौता भएपछि मन्त्रालयको सहकार्यमा न्याय हेल्थले सञ्चालन गरिरहेको ५० सैयाको बयालपाटा अस्पताल अब प्रदेश सरकारले आफै गर्ने भएको हो ।

सामाजिक विकास मन्त्री मेघराज खड्काको उपस्थितिमा मन्त्रालयको तर्फबाट सचिव डाक्टर हेमराज रेग्मी र न्याय हेल्थ नेपालको तर्फबाट अध्यक्ष कुन्द दीक्षितले १७ बुदे सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता संगै अस्पतालले चर्चेको जग्गा, १० करोड बढीका नयाँ भवन, उपकरण, औषधी तथा औषधीजन्य लगायतका सबै सामाग्री न्याय हेल्थ नेपालले प्रदेश सरकारलाई हस्तान्त्ररण गरेको छ ।

सुदूर पश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमको बूँदा नम्बर ६७ र बजेट वक्तव्यको बूँदा नम्बर १४५ मा बयलपाटा अस्पताल प्रदेश सरकारको मातहतमा ल्याई सञ्चालन गर्ने र सो का लागि बजेटे बिनियोजन गर्ने उल्लेख गरिएको थियो ।

बजेट वक्तव्यमा साउन १ देखि बयालपाटा अस्पताल आफ्नो मातहत मार्फत सञ्चालन गर्ने घोषणा गरेको प्रदेश सरकारले आवश्यक तयारी नभएको भन्दै एक महिना थप व्यवस्थापन गरिदिन न्याय हेल्थ नेपाललाई आग्रह गरेको थियो । सामाजिक विकास मन्त्रालयको आग्रहपछि न्याय हेल्थ नेपालको टीमले एक महिनाको कर्मचारीको तलव मन्त्रालय मार्फत नै कर्मचारीलाई दिने गरी सहयोग गर्ने बताएपनि मन्त्रालयले रकम लिने कानूनी व्यवस्था नभएका कारण न्याय हेल्थलाई नै थप एक महिना अस्पताल सञ्चालन गरिदिन आग्रह गरेको थियो ।

न्याय हेल्थ नेपाल स्वयम आर्थिक संकटमा रहेकोले मन्त्रालयको आग्रहपछि न्याय हेल्थ नेपालका अध्यक्ष कुन्द दीक्षित र बोर्ड सदस्यहरुले सो बराबरको रकम व्यक्तिगत रुपमा अस्पताल सञ्चालनका लागि सहयोग गर्ने भएका हुन् ।

बयालपाटा अस्पतालले स्थापना देखि हालसम्म पर्चीसंगै सम्पूर्ण सेवा, सुविधा, औषधी, शल्यक्रिया र बिरामीको लागि खाना समेत निशुल्क उपलब्ध गराउने देशकै एक मात्र नमुना अस्पताल हो । न्याय हेल्थ नेपालको व्यवस्थापनमा सञ्चालनमा रहेको बयालपाटा अस्पतालले सुदूर पश्चिम तथा कर्णाली प्रदेशका १ लाख बढी नागरिकलाई बर्षेनि निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दे आईरहेको छ । अस्पतालले हाल सम्म १५ लाख बढी नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरसकेको छ ।

सामाजिक विकास मन्त्री मेघराज खड्काले १७ बर्ष देखि निरन्तर निुशल्क गुणस्तरिय स्वास्थ्य सेवा दिदैँ न्याय हेल्थले यस क्षेत्रका जनताका लागि नर्बिसने गुण लगाएको भन्दै प्रशंसा व्यक्त गरे । गुणस्तर सेवा र पारदर्शीताको उदाहरण भएको भन्दै मन्त्री खड्काले भने बयालपाटाको जति प्रशंसा गरेपनि कम हुन्छ । आफुले बयालपाटालाई नजिक बाट अस्पताल चिनेको र सुरुवातबाट लड्दै यहाँसम्म आईपुग्दा दिर्घकालिनका लागि यो अवस्था आएको बताए ।

भगनावशेष अवस्थामा रहेका भवनलाई न्याय हेल्थ नेपाललले २०६५ पछि प्रयोगमा ल्याई निशुल्क रुपमा सेवा सुरु गरेका कारण अहिले आएर त्यहाँका जनता जति चिन्तित उनले भने त्यो भन्दा बढी म चिन्तित छु । मेरो मन्त्रीको पद अस्थाई हो मन्त्री खड्काले भने म त्यस क्षेत्रको नागरिक भएका कारणले पनि मेरो दायित्व त्यसलाई राम्रो बनाउनमै हुन्छ र आगामी दिनमा समेत न्याय हेल्थ नेपालबाट सहयोगको अपेक्षा गर्दछु ।

स्वथ्य जनशक्तीले मात्रै देश विकास गर्न गक्छ भन्नेमा आफु दृढ रहेको भन्दै मन्त्रालयका सचिव डाक्टर हेमराज रेग्मीले बयालपाटा अस्पताललाई नमुना अस्पतालकै रुपमा सञ्चालन गर्न प्रदेशले प्रयत्न गर्ने बिश्वास व्यक्त गरे । सरकार भावनामा बगेर पनि नहुने भन्दै प्रदेस सचिव रेग्मीले प्रचलित कानुनका आधारमा रहि बयालपाटा अस्पताललाई सञ्चालन गर्ने र अहिले सम्मको सेवाका लागि न्याय हेल्थ नेपाललाई धन्यवाद दिए ।

न्याय हेल्थ नेपालका अध्यक्ष कुन्द दीक्षितले अस्पतालले प्रदान गर्दै आएको सेवा, सुविधा र उपचारलाई निरन्तरता दिन प्रदेश सरकारसंग आग्रह गरे । बयालपाटा अस्पताका कर्मचारीको लगनशिलता र मेहनतले बयालपाटा अस्पतालले गुणस्तरिय स्वास्थ्य सेवा दिन सफल भएको र त्यसको नाम संसारभरी फैलिएको भन्दै अध्यक्ष दीक्षितले आगामी दिनमा पनि अस्पताल प्रदेशले चलाएको हो की न्याय हेल्थले नै हो भन्ने फरक नपर्नेगरी सञ्चालन गर्न आग्रह गरे । त्यहाँ १७ बर्ष देखि कार्यरत कर्मचारीलाई प्राथमिक्तामा राखेर अगि बढ्न पनि उनले सुझाब दिए ।

बयालपाटा अस्पतालको उत्कृष्ट सेवाले अस्पतालले बिभिन्न अवार्ड समेत प्राप्त गरेको कुरालाई स्मरण गर्दै न्याय हेल्थ नेपालका महासचि डा. एसपी कलौनीले अस्पतालमा कार्यरत कर्मचारीको लगनशिलता, मेहनत र ईमान्दारिताले नै यहाँसम्म आईपुगेको बताए । आगामी दिनमा समेत स्वास्थ्य सेवामा पुहँच नभएका त्यस क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा दिनका लागि हस्तान्त्ररण र ग्रहणको प्रक्रियामा प्रदेश सरकारले गम्भिर बन्नुबर्ने बताए । बयालपाटामा १७ बर्ष देखि निरन्तर सेवा गरिरहेका कर्मचारीलाई प्राथमिक्तामै राखेर अगि बढ्न उनले आग्रह गरे ।

कोभिड पछि आर्थिक अभावसंग जुध्दै आएको न्याय हेल्थ नेपालले प्रदेश सरकारसंग वार्षिक रुपमा ८ देखि १० करोड माग गर्दै आएपनि सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयका कर्मचारीले बयालपाटालाई बजेट दिनुको साटो असहयोग गर्दै आएका थिए । प्रदेश सरकारबाट सहयोग प्राप्त नभएपछि न्याय हेल्थ नेपाल प्रदेश सरकारलाई अस्पताल हस्तान्तरण गर्न बाध्य भएको हो ।

अस्पताल सञ्चालनको बिधि, प्रकृया र मोडेल टुंगो नलागेपनि बयालपाटा अस्पताल भदौ १ गतेदेखि ५० सैया अस्पतालको रुपमा सरकारी चिकित्सक र सरकारको दरबन्दीमा कार्यरत स्वास्थ्यका कर्मचारीहरु मार्फत सञ्चालन हुनेछ ।

प्रदेश सरकारले अस्पताल सञ्चालन सुरु गर्दा सुरुवातमा कर्मचारी भर्ना गर्दा १७ बर्ष देखि हाल सम्म काम गरिरहेका बयालपाटा अस्पतालका कर्मचारहिरुलाई नै बिशेष प्राथमिक्तामा राखेर सेवा दिनुपर्ने अडान कायम राखेको छ । प्रदेश सरकारले अस्पताल सञ्चालन गरेपनि त्यहाँ कार्यरत कर्मचारीहरुले आफुहरुलाई राखेर नै सेवा दिनुपर्ने माग राखिरहेका छन् ।