मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँद पुर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा

तुर्माखाँद पुर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा


अछाम : स्थानीय स्रोतको उपयोग,स्वामित्व र सहभागिता ,पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता, भन्ने मुल नाराका साथ पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपन
घाेषणा कार्यक्रम अछामको तुर्माखाँद गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरिएको छ।

सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच गाउँपालिकालाई उक्त घोषणा गरिएको हो।

पुर्ण खोप सुनिश्चितता तथा दिगोपना
तुर्माखाँद गाउँपालिका घोषणा तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि. सीले उद्घाटन गर्नु भएकाे थियाे । कार्यक्रम समापनमा बाेल्दै अध्यक्ष बि. सीले यो सफलता सम्पूर्ण गाउँपालिकाबासी, अहोरात्र खटिने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, र सहयोगी संस्थाहरूको साझा प्रयास र लगनशीलताको प्रतिफल भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “आजको यो गौरवपूर्ण दिन हाम्रा लागि अत्यन्तै खुसीको दिन हो। यो सफलता कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव भएको होइन। यसको सम्पूर्ण श्रेय गाउँका हरेक कुना-कुनामा पुगेर बालबालिकालाई खोप लगाउनुहुने स्वास्थ्यकर्मी, उहाँहरूलाई साथ दिनुहुने महिला स्वास्थ्य स्वयंसेविका, आफ्ना बालबालिकालाई समयमै खोप केन्द्रमा ल्याउनुहुने जागरुक अभिभावक र सम्पूर्ण गाउँपालिकाबासीलाई समेत बताउनु भयो । अध्यक्ष बि.सी.ले यस घोषणालाई केवल एक औपचारिक कार्यक्रमको रूपमा मात्र नलिई यसलाई एक महत्त्वपूर्ण प्रतिबद्धताको सुरुवातको रूपमा लिनुपर्नेमा जोड दिनुभयो। “आज हामीले पूर्ण खोप सुनिश्चितताको घोषणा गरेका छौं, तर हाम्रो वास्तविक काम अब सुरु हुन्छ। यो उपलब्धिलाई लाई ‘दिगो’ बनाउनु हाम्रो प्रमुख चुनौती र दायित्व हो। हामीले यो सुनिश्चित गर्नुपर्छ कि भविष्यमा जन्मने कुनै पनि बालबालिका खोपको पहुँचबाट वञ्चित हुनेछैनन्।”उहाँले पूर्ण खोपको दिगोपनाका लागि गाउँपालिकाले स्पष्ट योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।

उक्त कार्यक्रमकाे अध्यक्षता तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.सि. तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बिमला कुमारी शाही ,प्रमुख प्रशासकीय अधिककृत धर्मराज खत्री, तुर्माखाद गाउँपालिका वडा २ का वडा अध्यक्ष नरेन्द्र बहादुर शाही, ६ न. वडा अध्यक्ष टिकाराम न्याैपाने , ७ न वडा अध्यक्ष भिम बहादुर चलाउने ,८ न. वडा अध्यक्ष निरक बहादुर शाही कार्यपालिका सदस्य झंकर नेपाली , खोप समन्वय समिति सदस्य सचिव यकेन्द्र बहादुर बयक वडा सदस्य , समाजसेवी, बुद्धिजीवीहरुको सम्पूर्ण स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियो।

खोप कार्यक्रमको निरन्तर र प्रभावकारी अनुगमन गरिनेछ। खोप कार्यक्रमका लागि आवश्यक पर्ने बजेट, जनशक्ति र अन्य स्रोतसाधनको अभाव हुन दिइने छैन। खोपको महत्त्वबारे जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने समेत बताउनु भयो ।आफ्नो धारणाको अन्त्यमा अध्यक्ष बि.सी.ले भन्नुभयो, “जबसम्म हाम्रा नागरिक स्वस्थ हुँदैनन्, तबसम्म हामीले चाहेको जस्तो समृद्धि हासिल गर्न सक्दैनौं। स्वस्थ बालबालिका नै भोलिको स्वस्थ समाज र समृद्ध राष्ट्रका आधार हुन्। त्यसैले, तुर्माखाँद गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई सधैँ उच्च प्राथमिकतामा राखेर काम गर्ने समेत बताए । यो अभियानमा सबैको निरन्तर साथ र सहयोगको समेत बताउनु भयाे ।”समग्रमा, अध्यक्ष डम्बर बि.सी.ले पूर्ण खोप सुनिश्चिततालाई एक साझा सफलताको रूपमा व्याख्या गर्दै यसको दिगोपनाका लागि स्थानीय सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको र स्वास्थ्य क्षेत्रलाई विकासको मूल आधार मानेर अघि बढ्ने समेत बताउनु भयाे ।

उक्त कार्यक्रममा बाल्दै पुर्ण खाेप सुनिश्चितता तथा दिगोपना तुर्माखाँद गाउँपालिका घाेषणा कार्यक्रमका खोप समन्वय समिति सदस्य सचिव यकेन्द्र बहादुर बयकले
प्रतिवेदन पेश गर्दै यो घोषणा केवल एक कार्यक्रम मात्र नभई सम्पूर्ण पालिकाको स्वास्थ्यप्रतिको प्रतिबद्धताको प्रमाण हाे भन्नुभयो, ‘हामीले लक्षित समूहका सबै बालबालिकालाई पूर्ण खोप दिएर यो उपलब्धि हासिल गरेका छौँ। अब यसलाई दिगो बनाइराख्न नियमित अनुगमन, तथ्याङ्क व्यवस्थापन र जनचेतनाका कार्यक्रमलाई निरन्तरता दिइनेसमेत जानकारी दिनु भयाे ।

सफलताको श्रेय पालिकाका सबै स्वास्थ्यकर्मी, स्वयंसेविका,जनप्रतिनिधि र सचेत अभिभावकहरू लाई समेतजाने बताउनु भएको छ । कार्यक्रम संचालक तुर्माखाँद स्वास्थ्य चाैकी इन्चार्ज गाेकर्ण बहादुर बयकले गर्नु भएकाे थियाे ।