अछाम : जिल्लाकाे रामारोशन गाँउपालिकाका जनप्रतिनिधी र कर्मचारीका बिरुद्ध सामाजिक सञ्जालमा चरित्रहत्या तथा मान मर्दन हुने कार्य भएको भन्दै पालिकाकाले आपत्ति जनाएको छ । पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखलाई लक्षित गरी सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने तथा मान मर्दन गर्ने कार्य भएको भन्दै पालिकाले विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानार्कषण भएको जनाएको छ ।
आपराधिक तथा अराजक मानसिकता भएका व्यक्तिहरुले रामारोशन गाउँपालिका र गाउँपालिका जनप्रतिनिधी र कर्मचारीहरुलाई लक्षित गरि बिषयबस्तुलाई अतिरञ्जित पार्न खोजिएको भन्दै पालिका अध्यक्ष तथा उपाध्यक्षले विज्ञप्ती मार्फत कडा आपत्ति जनाएका हुन् ।
रामारोशनको समृद्धि, विकास र सुशासनलाई ध्यानमा राख्दै गरेको कार्यबाट हतोत्साही भएका नयाँ जोगीको नाममा सबैखाले सामाजिक मर्यादा र प्रचलित कानुनको समेत प्रवाह नगरी सामजिक अराजकता मच्चाइरहेका अपराधीहरुको कानुनी उपचार गरिने अध्यक्ष र उपाध्यक्षद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
कानुनी राज्यमा कानुन भन्दा माथि कोही नहुने भन्दै पालिकाले सामजिक सद्भाव भंग गर्ने, अतिवादि गतिविधि फैलाउने, अरुको मान सम्मान र इज्जत प्रतिष्ठामा दाग लगाउने छुट कसैलाई नभएको विज्ञप्तीमा उल्लेख गरेको छ ।
गाउँपालिकाको दिर्घकालीन हित र समृद्धिलाई ध्यानमा राख्दै सामुदायिक विद्यालयहरूबाट गुणस्तरीय शिक्षा सुनिश्चित हुनुपर्छ र आम मानिसका सन्ततीहरुले पनि गुणस्तरीय शिक्षामा पहुँच पाउनु पर्छ भन्दै रामारोशन शैक्षिक रुपान्तरण अभियानको थिङ्क ट्याङ्कको रुपमा रहि काम गरिरहेको अवस्थामा मान मर्दैन र गाली बेइजत्ति गर्ने कार्यले सिंगो पालिका सरकार माथीको प्रहारको भएको बताईएको छ ।
आपराधिक मानसिकता भएका व्यक्तिहरुले गरेका अनैतिक र गैरकानुनी हर्कतको पालिकाले कानुनी उपचारको बाटो खोजिसकेको समेत पालिकाले विज्ञप्ती मार्फत जनाएको छ । रामारोशनको हित नचाहने अस्थिरताबादीहरुले जस्तोसुकै प्रपन्च रचे पनि रामारोशनको विकास, समृद्धि र हित प्रति हामी प्रतिवद्ध विज्ञप्तीमा भनिएको छ । अतिवादीहरुले फैलाउने झुटवाट प्रभावित नहुन सबै नागरिकलाई पालिकाले अपिल समेत गरेको छ ।




















प्रतिक्रिया