अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिंकन १२ फेब्रुवरी,१८०९ मा अमेरिकाको हड्गेंभिल्ले केन्टकीमा जन्मिएका थिए । राजनीति देखी टाढा रहेको एक गरिब परिवारको छोरो उनी लगातार दुई पटक देशको प्रधानमन्त्री बनेर मान्छे बेच्ने परम्परा हटाई प्रजातन्त्रको स्थापना गर्न सफल हुनु आफैमा गौरवपूर्ण छ ।
अब्राहम लिंकनका प्रेरक भनाइहरु
1. कुनै न कुनै दिन मैले अवसर पाउन सक्छु । त्यसैले अहिले मैले तयारी गरिरहेको छु ।
2. आज गर्न सकिने कुनै पनि काम भोलिको लागि साँचेर नबस ।
3. म ढिलो हिंड्छु , तर कहिल्यै पनि पछाडी हिंड़दिन ।
4. कसैले पनि अरु व्यक्तिमा खराबी खोज्न थाल्छ भने उसले कुनै न कुनै खराबी भेट्छ नै ।
5. मैले राम्रो गर्दा मलाई खुशी लाग्छ र मैले नराम्रो गर्दा म दुखी हुन्छु । मेरो लागि यही नै धर्म हो ।
6. जसले अरु व्यक्तिलाई स्वतन्त्रता दिंदैन, उसलाई पनि स्वतन्त्र हुने हक रहँदैन ।
7. व्यक्ति कुन कुराले रिसाउँछ भन्ने आधारमा उसको बौद्धिक क्षमता र महानता थाहा हुन्छ ।
8. मानिस आफ्नो दिमागी रुपले जति सकारात्मक र खुशी रहन्छ , जीवनमा पनि त्यति नै खुशी रहन सक्छ ।
9. यदि रुख काट्नको लागि मसंग आठ घण्टा हुन्छ भने, छ घण्टा मैले बन्चरोको धार तिखार्नमा लगाउँछु ।
10. अन्तीम अवस्थामा तिम्रो जीवनका वर्षहरु गनिन्नन्, साँचो अर्थमा तिमी कती वर्ष बाँच्यौ, त्यो गनिन्छ ।
11. चरित्र रुख हो भने, प्रसिद्धि छायाँ हो । र, यसमा प्रमुख भनेको रुख हुन्छ ।
12. तिमी जोसुकै होऊ, असल बन ।
13. मैले मेरो शत्रुतालाई सिध्याएँ , जब म त्यो शत्रुको साथी बनें ।
14. मलाई तिम्रो असफलता देखि सरोकार छैन तिमी त्यो असफलताबाट कसरि उठ्यौ, मेरो लागि त्यो सबथोक हो ।
15. हामीले आफू कहाँ छौं भन्ने चिन्न सक्यौं भने मात्र , के गर्ने र कसरि गर्ने भन्ने पत्ता लगाउन सक्छौं ।
16. अगाडी बढ्नको लागि मसंग कुनै नियम छैन । मात्र, हरेक दिन म अझ राम्रो गर्न चाहन्छु, अझ राम्रो मान्छे बन्न चाहन्छु ।
17. मलाई थाहा छैन मेरा हजुरबुवा को थिए, म मेरो नाती के हुनेछ भन्नेमा बढी केन्द्रित छु ।
प्रतिक्रिया