मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सफलता चाहने व्यक्तिले बुझ्नुपर्ने महत्वपूर्ण ५ कुराहरु यस्ता छन्

सफलता चाहने व्यक्तिले बुझ्नुपर्ने महत्वपूर्ण ५ कुराहरु यस्ता छन्


हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ । लक्ष्य राख्दैमा या त कडा मिहिनेत गर्दैमा व्यक्ति सफल बन्दैन । जुनसुकै काममा पनि पूर्व तयारि, केही भित्री ज्ञानको आवश्यकता हुन्छ ।

सफलता चाहने व्यक्तिले बुझ्नुपर्ने महत्वपूर्ण ५ कुराहरु :

लक्ष्य जोकोही व्यक्तिसंग हुन्छ । जीवनमा हरेकजसो व्यक्ति केही न केही बन्न चाहन्छ । तर त्यो लक्ष्य र सपनाले मात्र केही हुँदैन । लक्ष्य तथा सपना जतिसुकै राम्रो होस्, यदि त्यो लक्ष्य अनुसार व्यक्तिले काम गरेन भने त्यो लक्ष्यको कुनै अर्थ रहँदैन । त्यसैले लक्ष्य राखेर मात्र केही हुँदैन , मिहिनेत, लगनशीलता, धैर्यता, आशा, हिम्मत र आत्मविश्वासको आवश्यक हुन्छ ।

सफल व्यक्तिहरुको आम्दानीको स्रोत एउटा भन्दा बढी हुन्छ । सफल व्यवसायी वारेन बफेट भन्छन् , ” कुनै जागिर गर्दैछौ भने सानो भएपनि, पार्ट टाइम नै भएपनि छुट्टै आफ्नो केही काम गर “। यसो गर्दा एकतर्फ आफ्नो जीविकोपार्जन राम्रोसंग भइरहेको हुन्छ भने अर्कोतर्फ आफ्नै कामको आधार निर्माण भइरहेको हुन्छ । ठूला व्यवसायीहरु समेत आफ्नो एउटा ब्राण्ड या कमपनीमा मात्र निर्भर रहेर बस्दैनन् । उनीहरुले अरु ठाउँमा पनि आफ्नो कम्पनीमा भन्दा थोरै लगानी गरिरहेका हुन्छन् । जसले गर्दा उनीहरुलाई जोखिम कम हुन्छ भने फाइदा पनि बढिरहेको हुन्छ ।

‘मलाई तिम्रा साथीहरुको बारेमा बताऊ, त्यसपछि म तिमी कस्तो व्यक्ति हौ भन्ने बताउन सक्छु’ । यो प्रसिद्ध भनाइबाट नै थाहा हुन्छ कि, संगतले हामीमा कस्तो असर पर्छ । अर्को एउटा भनाइ छ, ‘तिमीले संगत गर्ने पांच जना व्यक्ति मिलाउँदा जुन नतिजा निस्किन्छ, तिमी त्यो नतिजा हौ’ । तपाईंले अरुको कुरा काट्ने व्यक्तिको संगत गर्नुभयो भने, सुरुमा त तपाईंलाई राम्रो नलाग्न पनि सक्छ । तर बिस्तारै तपाईंलाई पनि बानी पर्न थाल्छ र उसको ‘हो’ मा ‘हो’ मिलाउंदै जाँदा तपाईंलाई पनि कुरा काट्ने बानी परिसक्छ । त्यसैले सधै सकारात्मक सोंच भएका, अगाडी बढ्न खोज्ने र केही सिक्ने खोज्ने व्यक्तिहरुको संगत गर्नुपर्छ ।

आफ्नो सोंच र लक्ष्य अनुसार अगाडी बढ्नुपर्छ । तर काम गर्नको लागि आफूसंग सबै अनुभवहरु हुँदैनन् । अनुभव बिना काम गर्दा धेरै हण्डर खानुपर्छ । त्यसैले आफ्नो कार्य क्षेत्रको कोही व्यक्तिसंग सल्लाह पनि लिनुपर्छ । आफ्नो कार्य क्षेत्रमा सफल र असफल भएका व्यक्तिहरुको अनुभवहरु सुन्नुपर्छ । आफ्नो कार्य क्षेत्रसंग सम्बन्धित व्यक्तिहरुसंग सम्बन्ध बढाउनुपर्छ र उनीहरुले कसरि काम गरिरहेका छन् भन्ने बुझ्ने कोसिस गर्नुपर्छ । यदि आफ्नो संस्था या कम्पनी खोल्ने भएमा उक्त कार्य क्षेत्रमा अनुभवी, आफूलाई सहयोग गर्ने र राम्रो सामाजिक सम्बन्ध भएका व्यक्तिहरुलाई सल्लाहकार पदमा राख्नुपर्छ ।

लेखपढ भनेको केवल स्कुल या कलेजको पढाइ मात्र होइन । हाम्रो जीवनका हरेक दिनले, हरेक घटनाले केही न केही सिकाइरहेका हुन्छन । त्यसैले आफ्ना ती अनुभवहरु डायरीमा लेख्ने बानी बसाल्नुपर्छ । यसले पछि आफ्नो स्व-मूल्यांकन गर्न सकिन्छ । ती अनुभवहरुबाट केही शिक्षा लिन सकिन्छ । ती अनुभवहरु पछि निर्णय लिने समयमा सहयोग गर्छन् । तिनै अनुभवबाट पछि कुनै पुस्तक पनि निकाल्न सकिन्छ, जसले गर्दा अरुलाई पनि शिक्षा मिल्नेछ, अर्को पुस्ताको लागि एउटा मार्गनिर्देशकको भूमिका खेल्न सक्नेछ । त्यस्तै, हरेक दिन केही न केही पढ्नुपर्छ । यसले गर्दा आफ्नो व्यक्तित्व विकासमा सहयोग पुग्छ, सही निर्णय लिनको लागि सहयोग पुग्छ, ज्ञानमा वृद्धि हुन्छ ।