मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाम्रो मन छुने १० भनाईहरु

हाम्रो मन छुने १० भनाईहरु


मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. औकात मेरो सानो सपना ठुला थिए, जब घुमाइ हेरे नजर तब आफ्ना नै दुश्मन बनेर अगाडी उभिएका थिए ।
२. कुन उमेर सम्म पढ्ने हो र कुन उमेर देखि कमाउने हो, यो सोकले होइन, हालतले सम्झाउछ ।

३. पहिलो स्थान पाउनु मात्र ठुलो कुरा होइन, पहिलो स्थान पाउन आफु लायक छु भनेर प्रमाणित गर्नु महत्वपूर्ण कुरा हो ।
४. प्रत्येक जित र हारको निर्धारण गर्ने शक्ति तिमी भित्रने हुन्छ ।

५. आफुलाई बुझ्नु भनेको सम्पूर्ण ज्ञान प्राप्तिको पहिलो चरण हो ।
६. मनमा नपुगेर दिमागमा मात्र रहेको शिक्षा, शिक्षा नै होइन ।

७. अनुशासनले तिमीलाई स्वतन्त्रता दिन्छ, दिमागको शक्तिले नै जीवनको शार बताउछ ।
८. रिसाउँन जो कोहि सक्छ तर उचित समयमा उचित व्यक्ति सग उचित कुराको लागि उचित मात्रामा उचित तरिकाले रिसाउने क्षमता जो कोहिमा हुदैन ।

९. समस्या संग जुध्न र युद्दको बिरुद्दमा लड्नको लागि बिचारको उत्पादन र ति बिचारहरुको पर्वाह गर्नु राम्रो बिकल्प हो ।
१०. यदि तिमी कसैलाई मार्छौ भने तिमीले यो प्रमाणित गरिरहेका हुन्छौ कि तिमीलाई त्यो व्यक्ति देखि डर लाग्थ्यो ।